जिल्ला सभापति दाङका लागि चार जनाकाे उम्मेदवारी

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रवार ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन पक्षधबाट ३ र संस्थापन इतरबाट १ जना गरी ४ जनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् ।

निर्वाचन समितिका अनुसार क्षेत्र नम्बर १ बाट जानकीलाल बस्नेत, क्षेत्र नम्बर २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका छन् । उनीहरू तीनै जना संस्थापन पक्षका हुन् ।

संस्थापन इतरबाट दाङको क्षेत्र नम्बर ३ का शंकर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् । उनी हालका जिल्ला सचिव हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×