चलचित्रकर्मी कल्याण कोषलाई दीपक, दीपा र रोहितको सहयोग

काठमाडौँ - कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्माता रोहित अधिकारीले चलचित्रकर्मी कल्याण कोषलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएका छन्। तीनैजना फिल्मकर्मीले व्यक्तिगत तर्फबाट एक-एक लाख रुपैयाँ प्रदान गर्ने भएको कोष संयोजक तथा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले जानकारी दिइन्।

कोषले पछिल्लो समय फिल्मकर्मीको उपचार र वृद्धवृद्धालाई पनि आर्थिक सहायता प्रदान गर्दै आएको छ। कलाकार र प्राविधिकको वस्तुस्थिति हेरेर पैसा दिइएको छ। अभिनेत्री पल्पसा डंगोलको उपचारका लागि २ लाख दिइयो भने क्यान्सर रोगीको स्थिति हेरेर २ देखि ५ लाख रुपैयाँसम्म दिने व्यवस्था पनि छ। अहिले कोषसँग ५ करोड रुपैयाँ मौज्दात छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×