धादिङ । धादिङमा गत बिहिबार गएको पहिरोमा पुरिएका मध्य एक जनाको शव फेला परेको छ । गत बिहिबार धादिङको रुबी भ्याली गाउँपालिका-१ मा पहिरो गएको हो । उक्त पहिरोका कारण अझै दुई जनाको भने अवस्था अज्ञात रहेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शनिबार डोजर सहचालक काभ्रेका राजु तामाङको शव फेला परेको थियो । उक्त शवलाई आज आफन्तको जिम्मा लगाउने तयारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका डोजर चालक आकाश तामाङ र स्थानीय अनिश तामाङको अवस्था अझै अज्ञात रहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएका छन् ।
पहिरो गएको स्थान दुर्गम र साँघुरो खोल्सो भएका कारण खोजी कार्यमा कठिनाइ आएको प्रहरीले जानकारी दिएको छ ।