कांग्रेसले सराङपाडाका एक अशक्तको घर बनाइदिने

दमक - नेपाली कांग्रेसले कमल गाउँँपालिका–१ सराङपाडा बस्ने एक अशक्तको परिवारलाई घर बनाइदिने भएको छ। लामो समयदेखि त्यहाँ बस्दै आए पनि आर्थिक अभावका कारण घर बनाउन नसकेका बोल्न नसक्ने दीनानाथ न्यौपानेलाई कांग्रेसको अगुवाइमा घर निर्माण गरिदिने भएको हो। 

निर्माण हुने घरको आज एक कार्यक्रमबीच कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले शिलान्यास गरे। कमल–१ का वडाध्यक्षसमेत रहेका कांग्रेस कमलका उपसभापति केदार कटुवालका अनुसार अतिविपन्न आर्थिक अवस्था भएका न्यौपानेको घर निर्माण कार्य सुरु गरिएको छ। दुई कोठे पक्की आवासगृह बनाउन रु पाँच लाख लाग्ने अनुमान गरिएको छ। ओत लाग्न समस्या झेल्दै आएका न्यौपाने परिवारको दैनिक जीवनयापन सहज बनाउन घर निर्माण सुरु गरिएको उनले बताए।

घर निर्माण गर्न कांग्रेस महाधिवेशन प्रतिनिधि सत्यनारायण चौधरीले रु एक लाख ११ हजार १११ सहयोग दिएका छन्। कांग्रेस कार्यकर्ता, शुभेच्छुकको सहयोग जुटाएर घर निर्माण सम्पन्न गरिने बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×