वरिष्ठ समाचारदाता कार्कीलाई पितृशोक

काठमाडौँ- वरिष्ठ समाचारदाता राजाराम कार्कीलाई पितृ शोक परेको छ। उनका पिता सीताराम कार्कीको काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ८ स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो। 

चौरासी वर्षीय उनी नशासम्बन्धी रोगबाट पीडित थिए। स्व कार्कीको आजै बनेपास्थित उग्रतीर्थमा अन्त्येष्टि गरिँदैछ। उनका श्रीमती, तीन छोरा र दुई छोरी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×