काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट बर्खास्तमा परेका डा. मुकुल ढकालले पार्टी उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट आफूलाई कुट्ने धम्की आएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले स्वर्णिमको सचिवालयबाट फोन गर्दा आफूले नउठाएपछि आफूसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु’ भनेर धम्की आएको उनले दाबी गरेका हुन् ।
यसबारे आफूले राति नै डीएसपीलाई फोन गरेर सुरक्षा मागेको उनले उल्लेख गरेका छन् । ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटकपटक फोन गरे , फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन… लगायत अनेक भनेकाले , हिजै राति इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’
यसअघि उनले एक अन्तर्वार्तामा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई विभिन्न गम्भीर आरोप लगाएका थिए ।