म्याकुलम इंगल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ -  न्यूजिल्यान्डका पूर्व कप्तान ब्रेन्डन म्याकुलम इंगल्यान्डको पुरुष टेष्ट क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। म्याकुलम एक वर्षका लागि प्रशिक्षक नियुक्त भएका हुन्।

इन्डियन प्रिमियर लिग अन्तर्गतको कोलकाता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका म्याकुलमले यस सिजनको आईपीएलपछि उक्त जिम्मेवारी छाड्नेछन्। म्याकुलमले न्यूजिल्यान्डका लागि १ सय १ टेष्ट खेल खेल्दै ६ हजार ४ सय ५३ रन जोडेका छन्। उनले भारतविरुद्ध सन् २०१४ मा एकै इनिङ्समा सर्वाधिक ३ सय २ रन जोडेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×