प्रधानमन्त्री र सभामुखकाे भेटवार्ता: राष्ट्रपतिलाई धन्यवाद दिन नपाएको विषयमा छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको भेटमा सभामुख घिमिरेले संसद अवरुद्ध भइरहेको बारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै समस्याको समाधान निकाल्न आग्रह गरेका थिए ।

सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसमेत पारित हुन नपाएको उल्लेख गरेका थिए ।

नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न मंगलबार साँझ ६ बोलाइएको बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×