काठमाडाैं । सरकारले चिसो मौसमबाट आउन सक्ने सम्भाव्य जोखिमबाट बच्न स्थानीय विपत व्यवस्थापन समितिलाई सक्रिय पार्न सबै पालिकालाई निर्देशन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चिसो मौसमबाट आउन सक्ने शीतलहर, हिउँ, घाम नलाग्नेलगायतका समस्याबाट बच्न स्थानीय विपत् व्यवस्थापन समितिलाई सक्रिय पार्न मन्त्रालयले सबै पालिकालाई निर्देशन गरेको हो ।
स्थानीय तहका सबै वडाले टोलटोलमा चिसो मौसमबाट बच्ने उपायबारे सचेतना अपनाउँदै आवश्यकता अनुसार दाउरा, इन्धन, कम्बल लगायतका सामग्रीको भण्डारण गर्न मन्त्रालयले परिपत्र जारी गरेको छ ।
चिसो मौसमबाट ज्येष्ठ नागरिक, असहाय, गर्भवती, सुत्केरी महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीको सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्ने व्यवस्था मिलाउन मन्त्रालयले ७ सय ५३ वटै पालिकालाई परिपत्र गरेको हो ।