ब्राजिलमा बाढी पहिरोमा २४ जनाको मृत्यु,कैयौं विस्थापित

एजेन्सी। ब्राजिलमा दुई दिनदेखिको वर्षासँगैको बाढी पहिरोमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ भने कैयौं विस्थापित भएका छन्।

ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ। साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले २४ जना नागरिकको ज्यान गएको पुष्टि भएको जनाउँदै वर्षा जारी रहेको जनाएका छन्।

उनले भारी वर्षाका कारण उद्धारमा कठिनाई भइरहेको जनाए। बाढीपछि राज्यमा आपतकाल घोषणा गरिएको छ। अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ भने सडक बगाउँदा यातायात प्रभावित भएको जनाइएको छ। मौसमविद्हरुले वर्षा सम्भावन अझै रहेकाले सचेत रहन आग्रह गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×