फिल्म ‘म’ को टिजर सार्वजनिक

काठमाडाैँ - सुर्वण थापा निर्देशित फिल्म ‘म’ को टिजर सार्वजनिक भएको छ। यो फिल्म साउन २० गते देखि प्रदर्शन हुनेछ।

‘म’ कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म हो। 

फिल्ममा निराजन प्रधान, रुविना थापा, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली र पुनम श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेकाे छ। फिल्मको कथा प्रकाश पुरीले तयार पारेका हुन्। 

तेन्जिन पाल्देनले छायांकन गरेको फिल्मलाई बनिस शाहले सम्पादन गरेका छन्। विमला हुमागाईं निर्माता रहेको फिल्ममा पदम पुरी सह-निर्माता रहेका छन्। यो फिल्मलाई फिल्म वितरक कम्पनीहरू डिसिएन र एफडीले वितरण गर्दैछन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×