काठमाडौँ। हरर विधामा आधारित नेपाली चलचित्र ‘कठपुतली’को ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्र पुष १६ गतेबाट सिनेमाघरहरुमा प्रदर्शन हुनेछ। भीमसेन लामाको निर्देशनमा तयार भएको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा आदि कलाकारहरुको अभिनय रहेको छ। सम्पदा मल्लको लेखन रहेको चलचित्रले मेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड समेत जितेको छ। पृथ्वी राना मगर निर्माता,सम्पदा मल्ल कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्। लण्डनमा पोस्ट प्रोडक्सन भएको चलचित्रका सिनेमेटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमेटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत ‘बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ जितेका छन्। चलचित्रको ट्रेलर 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
ट्रेलर: