भारतले जित्यो वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज

काठमाडौँ- भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिज जितेको छ। गएराती सम्पन्न दोस्रो टी-२० खेल ८ रनले जितेसँगै एक खेल अघि नै तीन खेलको टी-२० सिरिज २-० ले जितेको हो।

भारतले दिएको १८७ रनको लक्ष्य पछाएको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउदै १७८ रन बनाएपछि खेल ८ रनले गुमाएको थियो। यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो।

खेलमा अविजित ५२ रन बनाएका भारतका रिषव पन्त खेलको प्लेयर अफ द म्याच बनेका थिए। अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×