काठमाडौँ - लियोनल मेस्सीको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा फराकिलो जित निकालेको छ। पीएसजीले शनिबार मोन्टपेलियरलाई ४–० गोल अन्तरले हराएको हो।
खेलमा लियोनल मेस्सीले दुई गोल गर्दा एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरेका थिए। खेलको छैटौं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए।
२० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० को बनाएका थिए। २६ औं मिनेटमा डी मारियाले गोल गर्दा पीएसजीको अग्रता ३–० बन्यो। ६० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाएका थिए।
जितसँगै शीर्ष स्थानको पीएसजीले ३७ खेलमा ८३ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहेको छ। पीएसजीले लिग उपाधि चार खेल अगावै जितेको थियो। पराजित मोन्टपेलियर ४३ अंक जोडेर १३ औं स्थानमा रहेको छ।