सन्दीपको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए । बहसका क्रममा उनीहरुले लामिछाने निर्दोष भएको दाबी गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×