फिल्म सम्पादक किरण अधिकारीको निधन

काठमाडौँ - नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ। हृदयघातका कारण उनको आइतबार निधन भएको हो। अधिकारीको निधनको जानकारी छायाँकार रवि कोइरालाले दिएका हुन्।

कोइरालका अनुसार उनलाई हृदयघात भएपछि अस्पताल लगिएको थियो। अस्पताल पुर्याउदै गर्दा उनको निधन भएको हो। उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए। 

उनले ‘बिचबाटो’, ‘मेरो राजेश दाई’ ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र सम्पादन गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×