जिनाब्रीको ह्याट्रिकमा बायर्नको फराकिलो जित

काठमाडौँ - सेर्जी जिनाब्रीको ह्याट्रिकमा जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा बायर्नले वेर्डेर ब्रेमेनलाई ६-१ गोल अन्तरले हराएको हो।

बायर्नको जितमा सेर्जी जिनाब्रीले ह्याट्रिक गरेका थिए। पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप २ गोल गरेको थियो। जितसँगै बायर्नले १४ खेलमा ३१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।

वेर्डेर २१ अंक जोडेर सातौं स्थानमा रहेको छ। बुन्डेसलिगा अन्तर्गत नै मंगलबार राति भएको खेलमा भीएफबी स्टगार्डले हर्थलाई २-१ गोल अन्तरले हराएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×