काठमाडौँ। दक्षिण कोरियाली चलचित्रकी अभिनेत्री किम मी सूको ३१ वर्षको उमेरमा आकस्मिक निधन भएको छ। ‘स्नोड्रप्स’ नायिकाको मृत्युको कारण अहिलेसम्म खुलेको छैन। उनको एजेन्सीले एक विज्ञप्ती जारी गर्दै उनको निधनको जानकारी दिदै मृत्युको कारणलाई लिएर कुनै पनि अफवाहमा ध्यान नदिन वा त्यसको हिस्सा नबन्न आग्रह समेत गरेको छ।
‘हाय बाय मामा’, ‘द स्कुल नर्स फाइल्स’ र ‘युमिज सेल प्रोजेक्ट्स’मा अभिनय गरेकी किमले चर्चा भने ‘स्नोड्रप्स’बाट कमाएकी थिइन्। अहिले उनको निधनको खबरले सामाजिक सञ्जाल भरिएको छ।