दक्षिण अफ्रिकासँग लगातार सातौँ हारपछि भारतको जित

काठमाडौँ - घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्व ५ खेलको टी-२० सिरिजको तेस्रो खेलमा पहिलो जित निकालेको छ। क्रिकेटको तीनै फर्म्याटमा भने भारतले दक्षिण अफ्रिकालाई पछिल्लो ७ खेलमा यो पहिलो पटक पराजित गर्न सफल भएको हो।

जारी टी-२० सिरिजमा भने अघिल्ला दुई खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो। मंगलबार जित्नै पर्ने खेलमा दक्षिण अफ्रिकाविरुद्व भारतले विशाखपट्टनामा भएको तेस्रो टी-२० मा टस जितेर पहिलो ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिका १९.१ ओभरमा १ सय ३१ रनमा अलआउट भएको थियो।

भारतका लागि ओपनर द्वय ऋतुराज गाइकवाडले ५७ रन बनाउँदा इशान किशनले ५४ रन बनाएका थिए। यि दुईले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थए। त्यस्तै हार्दिक पाण्ड्या ३१ रनमा नटआउट रहे। दक्षिण अफ्रिकाका लागि ड्वेन प्रिटोरियसले २ विकेट लिएका थिए।

१ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले खराव सुरुवात गर्‍यो। उसका लागि कुनैपनि ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। हेनरिच क्लासेनले बनाएको २९ रन सर्वाधिक रह्यो। त्यस्तै रेजा हेन्ड्रिकले २३ रन बनाएका थिए। त्यस्तै वेन पर्नेलले २२ रन बनाएका थिए।

भारतलाई जित दिलाउन हर्सल पटेलले ४ विकेट लिंदा युजेन्द्र चाहलले ३ विकेट गिराएका थिए। जितसँगै भारतले ५ खेलको टी-२० सिरिजलाई २-१ को स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×