प्रदेशसभा सदस्य कादरीद्वारा नापी कार्यालयलाई कम्प्युटर सहयोग

वीरगञ्ज - मधेस प्रदेशका प्रदेशसभा सदस्य पश्मिना कादरीले पर्साको वीरगञ्जस्थित नापी कार्यालयलाई आवश्यक कम्प्युटर र प्रिन्टर उपलब्ध गराएकी छन्।

सो कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई थप प्रभावकारी बनाउन उनले व्यक्तिगत खर्चबाट करिब रु तीन लाख २० हजार १२९ बराबरको चार थान कम्प्युटर र रु एक लाख ६९ हजार ५०० बराबरको दुई थान को प्रिन्टर उपलब्ध गराएकी हुन्।

कादरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को  समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुन्।  नापी कार्यालयका प्रमुख नारायण कुमार श्रेष्ठले उपलब्ध सामग्रीबाट  सेवा प्रवाहमा सहज हुने जानकारी दिए।

कार्यालयको आवश्यक कागजातको कम्प्युटर प्रणालीमा अभिलेखीकरण नहुँदा सेवा  प्रवाहमा ढिलाइ हुँदै आएको थियो।  अब विस्तार सेवा प्रवाह सुधार आउने कार्यालयको जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×