फुटपाथ विस्तारको विरोधमा उत्रिए न्यूरोडका स्थानीय र व्यापारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने थालेपछि स्थानीयहरुले विरोध सुरु गरेका छन् ।

महानगरपालिकाले भने ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेको छ ।

साथै त्यहाँ आन्दोलन दबाउन प्रहरी पनि परिचालन गरिएको छ । न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् ।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरु गरेको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तार गर्ने क्रम रोकेर सडक डिभिजनले कालोपत्र गरेको थियो । यता सडक डिभिजनले भने सडक साँघुरो गर्न नहुने भन्दै फुटपाथ विस्तारको कामलाई रोकेको थियो ।

अदालतको आदेशपछि शुक्रबार महानगरले फुटपाथ विस्थार गर्ने क्रममा स्थानीय र व्यापारीले अवरोध गरेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×