मन्त्रिपरिषद्को बैठक: योजना आयोगको सदस्यमा उमाशंकर र वायु सेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रवक्ता शर्माका अनुसार बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौंका साहरा श्रेष्ठलाई मनोनयन गर्ने पनि सरकारले निर्णय गरेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×