काठमाडाैँ - राजधानीमा जारी आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा पुरुष तर्फ गण्डकी प्रदेश विजयी भएको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा गण्डकी प्रदेशले बाग्लुङको गल्कोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो।
गण्डकीलले गल्कोटलाई २५–२३ ले पहिलो सेट जितेको थियो। दोस्रो सेट भने २३–२५ ले गण्डकी ले गुमाएकाको थियो।
त्यसपछि तेस्रो र चौथो सेट क्रमश २५–२० र २५–१५ ले आफ्नो पक्षमा पार्न सफल भएकाे हाे।