युभेन्ट्सको सानदार जित

काठमाडौँ - इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सानदार जित निकालेको छ। युभेन्ट्सले घरेलु मैदानमा बोलोग्नालाई ३-० ले पराजित गरेको छ।

युभेन्ट्सको जितमा फिलिप कोस्टिक, डुसान भ्लाहोभिच र एर्काडिअस मिलिकले गोल गरेका थिए। पहिलो हाफमा १ तथा दोस्रो हाफमा १ गोल भएको थियो।

एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको २४औं मिनेटमा कोस्टिकको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिन सफल भयो। उनले डुसान भ्लाहोभिचको पासमा गोल गर्न सफल भएका थिए।

५९औं मिनेटमा डुसान भ्लाहोभिचल गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए। उनले वेस्टन म्याकिनीको पासमा गोल गर्न सफल भएका थिए। ६२औं मिनेटमा एर्काडिअस मिलिकले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाएका थिए।

यस जितसँगै युभेन्ट्स ८ खेलबाट १३ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। पराजित बोलोग्ना ६ अंक जोडेर १७औं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×