बलिउड फिल्म ‘द क्रृ’ मा करिना, कृति र तब्बु एकसाथ दैखिँदै

काठमाडौँ - बलिउड फिल्म ‘द क्रृ’ मा अभिनेत्री करिना कपूर, कृति सेनन र तब्बु एकसाथ देखिने भएका छन्। हालै फिल्मकी निर्माता रिया कपुरले सामाजिक सञ्जालमार्फत फिल्मको औपचारिक घोषणा गरेकी हुन्।

राजेश कृष्णनको निर्देशन रहेको फिल्मको कथा निधि मेहरा र मेहुल सुरीले लेखेका हुन्। यस फिल्मको छायाङ्कन सन् २०२३ को फेब्रुअरीबाट सुरु हुनेछ।

यसअघि करिनाले रिया कपूरको फिल्म ‘वीरे द वेडिङ’ मा काम गरिसकेकी छिन्। ‘द क्रृ’ को घोषणापछि करिनाले रिया कपूरसँग आफू काम गर्न निकै उत्साहित रहेको बताएकी छिन्। साथै यो फिल्म ‘वीरे द वेडिंङ’ को सिक्वेल नभएको समेत उनले  प्रष्ट पारेकी छिन्।

‘फिल्म ‘वीरे द वेडिंङ’ मा रिया कपूरसँग काम गर्न पाउँदा निकै रमाइलो लागेको। यसपटक पनि उनी मलाई मन परेको फिल्मको स्क्रिप्ट लिएर आएकी थिइन्। कमेडी ड्रामा भरिपूर्ण यस फिल्मको कथा राम्रो छ। तब्बु र कृतिसँग काम गर्न निकै उत्साहित छु,’ करिनाले भनिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×