काठमाडौँ - कलाकार अक्षरा सिंहको ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा ‘ब्युटी अफ नेचर’ शीर्षकमा पहिलो एकल चित्रकला प्रदर्शनी भइरहेको छ। नेपालका हिमाल, पहाड, रङ्गीबिरङ्गी चरा, मन्दिरको शोभा बढाउने घन्टीलगायत प्राकृतिक सौन्दर्यलाई उनले विशाल क्यानभासमा सजाएका छन्।
मिथिला यें आर्ट ग्यालरीका संस्थापक श्यामसुन्दर यादवले प्राज्ञ सुष्मा राजभण्डारीले उद्घाटन गर्नुभएको यस प्रदर्शनीमा कलाकार अक्षराका सिर्जनाले नेपाली जनजीवन, प्रकृतिको अनुपम सौन्दर्यलाई प्रतिनिधित्व गरेको बताएका छन्। साथै यस प्रदर्शनीले कलाकार अक्षराको प्रतिभालाई कला पारखीमाझ ल्याउने अवसर पनि प्रदान गरेको बताएका छन्।