काठमाडौँ। आम जनता बिगत ४० दिन देखी हड्ताली न्यायाधीशहरु र आन्दोलनमा उत्रिएका बारका अगुवा नेताहरुका न्याय पाउने सुविधबाट बन्चित हुदै आइरहेका थिए। जनता, स्वतन्त्र कानुन व्यावसायीको दबाब र प्रधानन्यायाधीशको सुझबुझका कारण महिना बढी चालेको गतिरोध चिर्दै सर्वोच्च अदालत पुन: नियमित प्रक्रियामा फर्किएको छ। आज(शुक्रबार)बाट हड्ताली न्यायाधीशहरु र आन्दोलनमा उत्रिएका बारका अगुवा नेताहरु पनि इजलाश र बहस-पैरवीमा फर्किएका छन्। जस सँगै बारको आन्दोलनको औचित्य समाप्त भैसकेको छ।
लामो समय पछि अदालतको मानलाई बचाउने तथा आम जनतालाई न्याय दिने बाटो पुनः सुचारु भएको छ। तर आफ्नो निजि स्वार्थको निमित आन्दोल गराएर न्यायलयलाई नै अस्थिरता तिर धकेल्न लागि परेका सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको महत्वकांक्षाका कारण अझै अदालतको समस्या बाँकी रहने भएको छ। अटोमेसन र गोला प्रणालीको खास बिरोधी दिपक कार्की आफू प्रधानन्यायाधीश हुने ठुलो महत्वकांक्षा पालेका छन्। यसको लागि उनलाई बारका पूर्व अध्यक्षहरु शम्भु थापा, प्रेमबहादुर खड्का र रमनकुमार श्रेष्ठको साथ रहेको पाईएको छ।
थापा र खड्काले त सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेटेर नै अब असार २८ गतेको परमादेशको गुन तिर्न आग्रह गरेको पाईएको छ। त्यतिमात्रै होईन, अहिले कार्की पनि सत्तारुढ दलका नेताहरुको घरमा धाउन थालेको पाउन थालिएको छ। उनले आफू प्रधानन्यायाधीश बन्नको लागि ठूला नेताहरुको घरमा धाउन थालेको अदालतनिकट स्रोतको दाबी छ । पछिल्लो समय गोलाप्रथा लागु भैसक्दापनि यसको पूर्ण कार्यान्वयन नहुनुमा न्यायाधीश कार्कीकै हात रहेको पनि कानूनविद्हरुको दाबी छ।
प्रधानन्यायाधीश राणाले बनाएको अटोमेसम सम्बन्धी कमिटी नेतृत्व दिपक कार्कीले गरेका थिए। जसले खास अटोमेसन कसरी लागु गर्ने भने संबन्धित अध्ययन प्रतिबेदन बुझाउनु पर्ने थियो तर उनले त्यसको रिपोर्ट सम्म दिएका छैनन् बरु अनेक तथ्यहिन विषय उठाएर अदालतलाई आन्दोलित र अस्तव्यस्त बनाई रहे।