काठमाडौँ। हलिउड अभिनेता ब्राड पिटले अभिनेत्री तथा पूर्वपत्नी एन्जेलिना जोलीविरुद्ध मुद्दा हालेका छन्। अभिनेता पिटले जोलीविरुद्ध साथमा रहँदा किनेको फ्रेन्च वाइनरीको सेयर जानकारी नदिइ बेचेको आरोप लगाउँदै मुद्दा हालेका हुन्।
सञ्चार माध्यमहरुका अनुसार उनीहरूले उक्त कम्पनीको सेयर सन् २००८ मा खरिद गरेका थिए। ब्राडले उनीहरूबीच एकार्कालाई जानकारी नदिइ सो सेयर बेच्न नपाउने सम्झौता भएको बताएका छन्। जोलीले २०२१ जुलाईमा आफ्नो वाइनरीको सेयर बेचेको जनाएकी थिइन्। तर, उनले त्यस बेला खरिदकर्ताको नाम बताएकी थिइनन्।
११ वर्षको उनीहरुको सम्बन्ध सन् २०१६ सेप्टेम्बरमा टुंगिएको थियो। उनीहरुका तीन धर्मपुत्रपुत्रीसहित ६ सन्तान रहेका छन्।