नयाँ फिल्म बनाउँदै जितु नेपाल, निर्देशकमा दिनेश डीसी

काठमाडौँ - छक्का पन्जा टिमबाट अलग्गिएका जितु नेपालले नयाँ फिल्म बनाउने भएका छन्। फिल्मको छायांकन दशैंपछि हुने जितुले जानकारी दिएका हुन्।

'अहिले हामी फिल्म बनाउने कि भन्ने सोचेका मात्र हौं। कस्तो कथामा फिल्म बनाउँदा राम्रो हुन्छ भनेर छलफल गरिरहेका छौं। हामी पहिलो चरणमा छौं। दशैंपछि गर्नुपर्ला भन्ने योजना मात्र हो,' उनले भने।

'फिल्म गर्ने भनेर मात्र हुँदैन, सबै कुरा मिल्नुपर्छ। दर्शकलाई त फिल्म मनपर्छ कि पर्दैन थाहा हुँदैन तर आफूलाई मनपर्ने फिल्म बनाउनुपर्छ। त्यसकारण हामी हतारिएका छैनौं। कथा चित्त बुझ्यो भने मात्र फिल्मको काम अगाडि बढ्छ,' उनले थपे। 

यस फिल्मलाई दिनेश डिसीले निर्देशन गर्ने तयारी रहेको छ। फिल्मको निर्देशनको लागि डिसीसँग छलफल भइरहेको जितुले बताएका छन्।

पहिला दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा काम गरेका जितु नेपाल, सुमन गिरी र ताराचन्द्र बजगाईंले मिलेर नयाँ फिल्म निर्माण गर्ने लागेका हुन्। ‘अहिले हामी तीन जना छौँ। त्यसबाहेक अरु पनि जोडिनु हुन्छ होला,’ उनले बताए।

जितु नेपाल कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ को तयारीमा रहेका छन्। यस शो साउन दोस्रा सातादेखि प्रसारण हुने भएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×