भारत। बलिउड अभिनेत्री माधुरी दीक्षितले अहिलेको स्थान हासिल गर्न निकै संघर्ष गर्नु परेको थियो। उनले आफु चलचित्र क्षेत्रमा प्रवेश गर्न लाग्दा आफूले भोगेका कुरा बताएकी छिन्। उनले एक एक अन्तरवार्तामा भनिन् "धेरै मानिसहरुले मलाई हिरोइन जस्तो लाग्दैन भन्थे।"
उनलेले भनिन्, "त्यतिबेला म सानै थिएँ मानिसहरूले म हिरोइन जस्तो लाग्दैन भन्थे। म मराठी समुदायबाट आएको थिएँ त्यस समय निकै सानी थिए। मैले धेरै चिजकोे सामना गर्नपर्यो। त्यसबेला हिरोइनलाई हेर्ने मानिसको धारणा नै फरक थियो। मेरी आमा धेरै सहासी महिला हुनुहुन्थ्यो, उनले मलाई भनिन् यदि तिमीले राम्रो काम गर्छौ भने अवश्य पहिचान पाउने छौ। म सधैं उनको सल्लाह मान्थे।"
उनले सन् १९८४ मा चलचित्र ‘अबोध’ बाट आफ्नो यात्रा सुरु गरेकी थिइन्। तर, सन् १९८८ मा आएको चलचित्र 'तेजाब’ले उनलाई सबैमाझ परिचित गरायो। त्यसपछी उनले बलिउडलाई ‘दिल तो पागल है’, ‘देवदास’, ‘कोयला’, ‘अंजाम’, ‘हम आपके है कौन’, ‘साजन’, ‘हम तुम्हारे हैं सनम’, ‘दिल तेरा आशिक’ लगायतका धेरै सफल चलचित्र दिइन्।