२२ लाखको निजी लागतमा सामुदायिक भवन निर्माण

काठमाडौँ - महोत्तरीको पिपरा गाउँपालिका–१ खैरबाका युवा समाजसेवी राहुल पाण्डेले आफ्नो गाउँमा सामुदायिक भवन निर्माण गरिदिएका छन्।

रु. २२ लाखका लागतमा निर्माण सम्पन्न सो भवनबाट अब स्थानीय गरिब, विपन्नका छोराछोरीका विवाहको भोजभतेर, भेला तथा गोष्ठी, छलफल तथा सामाजिक कामका लागि सहज हुनेछ। सङ्घीय सांसद महन्थ ठाकुर, प्रदेश सभासदस्य अभिराम शर्मा र गाउँपालिका अध्यक्ष विक्रम चौधरीले समेत पिपरा गाउँपालिका–१ खैरबागाउँमा सामुदायिक भवन निर्माण गरिदिने प्रतिबद्धता जनाएका थिए।  

सो प्रतिवद्धता हालसम्म कार्यान्वयनमा नआएको स्थानीयवासीको गुनासो गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×