एसियन शारीरिक सुगठन: फिटनेस फिजिकमा राजु तेस्रो

काठमाडौँ - नेपालका राजु राई ५४औँ एसियन शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिटनेस फिजिक स्पर्धामा तेस्रो हुन सफल भएका छन्। आइतबार राजुले १७० सेन्टिमिटर उचाइभन्दा कम समूहमा प्रतिस्पर्धा गरेका थिए।

२४ राष्ट्रको सहभागिता रहेको एसियन शारीरिक सुगठनमा नेपालबाट राजुबाहेक सुजिता मानन्धर र उमेश राईले पनि प्रतिस्पर्धा गर्नेछन्। सुजिताले आज प्रतिस्पर्धा गर्नेछिन् भने उमेशले साउन ४ गते प्रतिस्पर्धा गर्नेछन्।

उक्त प्रतियोगितामा नेपालका डब्ल्यूबीपीएफ अन्तर्राष्ट्रिय निर्णायकहरू विजयलाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण भट्टले निर्णायकको भूमिकामा रहेका छन्।

नेपालले सन् २०२३ मा ५५औँ एसियन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई अन्तराष्ट्रिय क्षेत्रमा शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्याएबापत सम्मान गरिएको थियो। नेपाली टोली साउन ५ गते नेपाल फर्कनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×