युगान्डाले जित्यो नेपाल विरुद्धको टी–ट्वान्टी सिरिज

काठमाडौँ - युगान्डाले दुई खेल अगावै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ। बिहीबार भएको सिरिजको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराउँदै सिरिज जित्न सफल भएको हो ।  

त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको एक सय रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर १०१ रन बनायाे। युगान्डाका लागि केभिन विनोले सर्वाधिक ४२ रनको योगदान गरिन्। त्यस्तै जनेत बाबाजीले २७ रन बनाउँदा अन्य कुने ब्याटरले दोहोरो रन जोड्न सकेनन्।

बलिङतर्फ नेपालका लागि कविता कुँवरले दुई विकेट लिइन्। त्यस्तै रुबिना क्षेत्री र इन्दु बर्माले एक–एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो।  

नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन्। नेपालका लागि कप्तान रुविना श्रेत्रीले १६ रन बनाउँदा सीता रानामगरले १२ रनको योगदान गरिन्।

युगान्डाका लागि फिओना कुलेमे, कोन्के वेको र सारहा किटेङले दुई–दुई विकेट लिए। त्यस्तै जानेट बाबाजी र रिता मुसामालीले एक–एक विकेट लिए। यो जितसँगै युगान्डाले पाँच खेलको सिरिज दुई खेल अगावै ३–० ले जितेको छ। दुई टोली बीचको चौथो टी–ट्वान्टी भोलि हुनेछ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×