काठमाडौं - चीनमा जारी एसियन गेम्सअन्तर्गत आज भएको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । दोस्रो खेल अन्तर्गत जारी नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएकाे हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१२ रन बनाउँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धसतक प्रहार गरेका थिए ।