११ वर्षपछि कप्तान कास्पर लेस्टर छाडेर नाइसमा आबद्ध

काठमाडौँ - इंग्लिस क्लब लेस्टर सिटीका कप्तान तथा गोलरक्षक कास्पर स्माइकल ११ वर्षपछि क्लब छाडेर फ्रान्सेली लिग वान क्लब नाइसमा आबद्ध भएका छन्।

३५ वर्षीय भेट्रान गोलरक्षक स्माइकलले नाइससँग १ मिलियन पाउन्डमा ३ वर्षको लागि सम्झौता गरेका हुन्। सन् २०११ मा लिड्स युनाइटेडबाट लेस्टर पुगेपछि कास्परले लेस्टरबाट प्रिमियर लिग, एफए कप र कम्युनिटी शिल्ड जितेका छन्।

उनले लेस्टरका लागि ११ सिजनमा ४७९ खेल खेलेका छन्। म्यानचेस्टर सिटीको युथ एकेडेमीका उत्पादन कास्परले डेनमार्कका लागि ८४ क्याप जितेका छन्। ३१ वर्षीय आरोन राम्सेपछि कास्पर नाइसमा आबद्ध हुने लेस्टरका खेलाडी हुन्।

‘हामीसँगको आफ्नो समय र विशेष गरी कप्तान र उपकप्तानको रुपमा कास्पर जिम्मेवारी लिन इच्छुक खेलाडी थिए। उनले टोलीलाई कुशल नेतृत्व गरे।’ लेस्टरका अध्यक्ष अयावत श्रीवर्दनाप्रभाले भने, ‘उहाँको प्रभाव मैदान भित्र र बाहिर निकै राम्रो रह्यो। मलाई थाहा छ कि सिटीका समर्थले एक फुटबलर र कप्तानको रुपमा सबै उपलब्धि दिलाएका उनलाई सम्मान गर्दछौं। उहाँलाई अर्काे चरणको शुभकामना।’

कास्परले २००६ बाट म्यानचेस्टर सिटीका लागि खेल्दै व्यवसायिक खेल करिअरको सुरुवात गरेका थिए। त्यसयता उनले २००८ सम्म विभिन्न ५ क्लबमा लोनमा बिताएका थिए। एक सिजन २००९/१० मा नट्स काउन्टीमा बिताएका कास्पर अर्काे सिजन लिड्स युनाइटेडमा आबद्ध भएका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×