उत्तरी गाेरखामा हिउँमाथि टेबुलकुर्सी राखेर परीक्षा सञ्चालन

पोखरा । उत्तरी गोरखा पूरै हिमालसँग जोडिएको छ । सामान्य मौसम फेरबदलमै यहाँ हिमपात हुन्छ । अघिल्लो साता पूर्व सूचनाविना नै अप्रत्यासित रुपमा हिउँ पर्यो । अन्य बेला हिउँ नपर्ने ठाउँमा समेत हिमपात भयो । त्यसो त अहिले पनि मौसम खुलिसकेको छैन ।

गोरखाको चुमनुब्री गाउँपालिका–४ गापस्थित नुब्री आधारभूत विद्यालयको प्रथम त्रैमासिक परीक्षा चलिरहेकै समयमा एक्कासी हिमपात भयो । पूर्वनिर्धारित परीक्षा शिक्षकहरूले रोक्न सकेनन् । अत्याधिक चिसोले गर्दा कक्षाकोठामा राखेर परीक्षा दिन नसक्ने अवस्था पनि थिएन । त्यसैले शिक्षकहरुले विद्यार्थीलाई बाहिर राखेर परीक्षा दिन लगाए । हिउँमाथि राखिएको टेबुलकुर्चीमा बसेर विद्यार्थीले परीक्षा दिए । १ देखि ८ कक्षासम्म पढाई हुने उक्त स्कुलका ९० बालबालिकाले हिउँमाथि बसेर परीक्षा दिए । पहिलो र दोस्रो सिफ्ट गरेर परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेश ढकालले जानकारी दिए ।

हिमपात हुन थालेपछि हतार गरेर परीक्षा सकाएको उहाँले बताए । उनका अनुसार परीक्षा सकिएलगत्तै स्कुल बन्द गरेर शिक्षकहरु बेँशी झरे भने विद्यार्थी घरतिरै छन् । गाउँपालिका र वडाको मौखिक निर्देशनपछि एक महिनाका लागि विद्यालय बन्द गरेको र एक महिनापछि सोही भवनमा स्कुल सन्चालन गरिने ढकालले बताए ।

चुमनुब्रीमा एउटा मात्रै घुम्ती विद्यालय छ । मनाङ र मुस्ताङका विद्यालयले पोखरा, लमजुङ, काठमाडौंलगायत ठाउँमा घुम्ती पढाई चलाउँछन् । तर, गोरखामा त्यो व्यवस्था नभएकोले समस्या परेको उनले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×