बेनीमा एक महिना लामो ‘बर्खेनाच’ को रौनक

म्याग्दी - बेनीमा एक महिना लामो ‘बर्खेचान’को रौनकता छाएको छ। नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउन सुरु गरिएको छ। नेपाल भाषा मंकाःखलः को मुल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको बर्खेनाच अन्र्तगत विहिवार बेनीमा लाखे नाच प्रर्दशन गरिएको छ। बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ।

परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारहरुले बर्खेनाचमा अभिनय सहित नृत्य देखाउने गर्छन्। यस बर्ष भदौ २७ गते हरितालिका तिजको दिनसम्म बेनीको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेचान अन्र्तगत विभिन्न नाचहरु देखाउन थालिएको मंका : खल अन्तरगतको युवाहरुको समुह ल्याम पुचका अध्यक्ष सुविन कुमार श्रेष्ठले जानकारी दिए।

बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ। बर्खेनाच अन्तरगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताए। दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शन पच्चात साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाई नृत्य’मा श्रीकृष्णको रुप धारण गरेका कलाकारले लाखेको मुकुण्डोलाई बध गरेपछि बर्खेनाच समापन गर्ने चलन रहेको छ।

ऐतिहाँसिक महत्व बोकेको बर्खे नाचमा पछिल्लो समय बेनीका युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन्। केही समय अगाडी बर्खेनाचको लागी नयाँ कलाकारहरुलाई तालीम समेत दिईएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×