विश्वकप अघिको मैत्रिपूर्ण खेलमा बेल्जियम पराजित

काठमाडौँ - आइतबारदेखि कतार विश्वकप फुटबल शुरु हुँदै गर्दा त्यसअघिको मैत्रीपूर्ण खेलमा विश्वकपको उपाधि दावेदार बेल्जियम पराजित भएको छ। 

शुक्रबार राति भएको खेलमा बेल्जियमलाई इजिप्टले पराजित गरेको हो। बेल्जियम २-१ ले पराजित भयो। खेलको ३३ औं मिनेटमा मोस्ताफा मोहमदले गोल गर्दै इजिप्टलाई शुरुआती अग्रता दिलाएका थिए।

खेलको ४६ औं मिनेटमा ट्रेजेगुएटले गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। बेल्जियमका लागि ७६ औं मिनेटमा लोइस ओपेन्डाले गोल गरेका थिए। विश्वकपमा बेल्जियम समूह ’एफ’ मा छ। यस समूहमा क्यानडा, मोरक्को र क्रोएसिया छन्।

बेल्जियमले क्यानडाविरुद्ध खेल्दै विश्वकपको शुरुआत गर्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×