काठमाडौँ । आज राजधानीको नयाँ बानेश्वर स्थित एभ्रेष्ट होटेल अगाडि नेपाल बारको आन्दोलन विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
उक्त प्रदर्शनमा बोल्दै अधिवक्ता विष्णु ओलीले विदेशीले थिचो मिचो गर्दा, विदेशीले भनेजस्तो किसिमले सरकारले नागरिकता बनाइदिँदा केहि नबोल्ने गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आँट गरेर चालेका कदमका लागी धन्यवाद दिए । उनले प्रधानन्यायाधीशलाई हटाएर सम्पूर्ण भारतीयहरुलाई वधेयक ल्याएर भारतीयहरुलाई नगरिकता प्रदान गर्ने देशका सम्पूर्ण नदीनालाहरु बेच्नलाई सरकारले ल्याएको विधेयकलाई समर्थन गर्ने र आफु बिचमा बसेर दलाली खाने उद्देश्य वरिष्ठ वकिलहरुको रहेको जनाए । उनले यस्ता गतिविधिहरुमा संलग्नहरुलाई वरिष्ठहरुलाई इमान्दारीको पेशा अंगाल्दै देशलाई प्रगतिको बाटोमा लान, कानुनी राज्यको स्थापना गर्न, नेपाल आमाको सन्तान आम नेपाली जनताको मुहारमा उज्यालो छाउने कार्य गर्न निर्देशन दिए ।
त्यसै गरि उनले पार्टीको झोले भएको भरमा न्यायधीश पाउनु पर्छ भन्नेहरुले न्यायालय ठप्प पारेको आरोप लगाए । उनले बारका वकिलहरुले जनताको न्याय पाउने अधिकारलाई कुन्ठित बनाएको र संविधानलाई कागजको खोस्टा बनाएको आरोप समेत लगाएका छन् ।