इस्तानबुलका २०० बढी उडान रद्द

स्तानबुल - टर्कीको राजधानी इस्तानबुलबाट बिहीबार हुने २०० भन्दा बढी उडान रद्द भएका छन्। इस्तानबुलमा रहेका दुई विमानस्थलबाट हुने ती उडानहरू अत्यधिक हिमपातका कारण रद्द भएको अधिकारीहरूले जनाएका छन्। 

उनीहरूले बुधबार बताए अनुसार, इस्तानबुल विमानस्थलबाट बिहीबार हुने १८५ ओटा  उडान रद्द भएका हुन्। ती मध्ये आन्तरिक उडान अन्तर्गत १४४ ओटा र ७१ ओटा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन्। 

त्यसैगरी अनाडेलुजेटका २० आन्तरिक उडान पनि रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन्। मौसममा सुधार नभएमा अरु उडान पनि रद्द हुन सक्ने उनीहरूले आशंका व्यक्त गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×