दूधकाे मूल्य प्रतिलिटर १० रूपैयाँ बढाउन सिफारिस

काठमाडौं। राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रति लिटर ८६ रुपैयाँ गर्न सिफारिस गरेको छ ।

बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको हो ।

बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको छ ।
कृषि मन्त्री महेन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको र त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताए ।

बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मूल्य घोषणा गरिने मन्त्री यादवको भनाइ छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×