दुई युवा नेताद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

तनहुँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा तनहुँका दुई युवा नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाली कांग्रेस तनहुँका पूर्वसभापति ध्रुब वाग्ले र नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री आनन्दराज त्रिपाठीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

कांग्रेसको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। संविधानसभा सदस्य रहेका वाग्लेले गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए। वाग्लेले पार्टीमा युवाको सहभागिता सुनिश्चितताका लागि आफूले उम्मेदवारी दिने बताए। कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य वाग्लेले देशभरका महाधिवेशन प्रतिनिधिबाट आफूले सकारात्मक सुझाव प्राप्त गरेको बताए। यस्तै नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री त्रिपाठीले पनि पार्टीमा युवाको आकर्षण बढाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×