तनहुँको आँबुखैरेनीमा आन्तरिक पर्यटकको चहलपहल

काठमाडौँ - तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा हिमपात भएपछि आन्तरिक पर्यटक हिउँ खेल्न पुगेका छन्।

जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको यस ठाउँमा शुक्रबार हिमपात भएपछि हिउँ खेल्न आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका हुन्। छिम्केश्वरीमा शुक्रबार बिहानैदेखि आन्तरिक पर्यटकको चहलपहल बढेको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार शुक्रबार एक सयभन्दा बढी पर्यटक छिम्केश्वरी पुगेका थिए। आज पनि हिउँ बाँकी रहेकाले बिहानैदेखि आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएको उनले जानकारी दिए। 

“छिम्केश्वरी मन्दिर र बुढीदेवीमाई मन्दिर आसपास आज पनि हिउँ बाँकी छ, आज बिहानैदेखि पनि आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका छन्”, उनले भने, “चार दशकपछि परेको हिमपातले छिम्केश्वरीको प्रचारप्रसारमा सहयोग पुगेको छ।” समुन्द्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा यस अगाडी विसं २०३५ सालमा हिमपात भएको थियो। त्यसयता यहाँ हिउँ परेका थिएन।

छिम्केश्वरीमा ४३ वर्षपछि पहिलो पटक हिमपात भएको हो। हिमपात हुने छिम्केश्वरी तनहुँकै एकमात्र स्थान हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×