चलचित्र 'चपली हाइट ३'को प्रदर्शन मिती पुन: सारियो

काठमाडौँ। नेपाली चलचित्र 'चपली हाइट ३'को प्रदर्शन मिती पुन: सारिएको छ। चलचित्र अब पुष ३० गते प्रदर्शनमा आउने भएको छ। निर्माता अर्जुन कुमारले आइतबार नेपाल चलचित्र संघमा एक निवेदन दिएर चलचित्रको प्रदर्शन मिती परिवर्तन गरेको जानकारी दिएका हुन्। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा,  दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला आदि कलाकारहरुको अभिनय रहेको छ। क्राइम थ्रिलर विधामा बनेको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन्। स्टेसन फाइभले राजधानी र एफडी कम्पनीले राजधानी बाहिर वितरण गर्ने चलचित्र दक्षिण भारतीय चलचित्र 'राधे श्याम’सँग भिड्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×