रमेश प्रसाईंलाई पुत्री लाभ

काठमाडौँ। चर्चित सञ्चारकर्मी रमेश प्रसाईं अभिभावक बनेका छन्। उनकी पत्नी नन्दा सिंहले छोरीलाई जन्म दिएकी छिन्। जोडीले अघिल्लो वर्ष विवाह गरेको थियो। काठमाडौँको एक अस्पतालमा नन्दाले छोरीलाई जन्म दिएकी हुन्। कलाकार दिपाश्री निरौलाले उनीहरुलाई बधाई दिदै सामाजिक सञ्जालबाट तस्विरहरू सार्वजनिक गरेकी हुन्। रमेश प्रसाईंले धरानमा पत्रकारिता गरिरहेका थिए भने नन्दा सिंह राजधानीमा सामाजिक संस्था सञ्चालन गरिरहेकी थिइन्। विवाहपश्चात दुवै राजधानीमा बस्न थालेका हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×