जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप, ६ राउण्ड अश्रुग्यास प्रहार

धनुषा । आज जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु र प्रहरीबीच झडपको स्थिति सृजना भएको छ । बिहानै देखि "पहिले खाद देऊ, अनि भोट खसाऊ" भन्दै जनकपुरका विभिन्न स्थानमा उनीहरुले प्रदर्शन गर्दै आएका थिए । उनीहरु आज जनकपुरमा भइ रहेको राष्ट्रियसभा निर्वाचनको मतदानस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडपको स्थिति सृजना भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गर्नुका साथै ६ राउण्ड अश्रुग्यास पनि प्रहार गरेका छन् । प्रहरीले स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिनका लागि सामान्य झडप भएको र केहि राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको बताएको छ । किसान आन्दोलनका नाममा जनमत पार्टीका कार्यकर्ताहरू मतदानस्थल तिर प्रवेश गर्न खोजे पनि प्रहरीले उनीहरुलाई रोक लगाएका थिए ।

अहिले प्रदर्शनकारी मतदान स्थलबाट भागेका छन् । तर जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरूले प्रदर्शन भने जारी राखेका छन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×