आज अपरान्ह १ बजे संसद बैठक बस्दै, सम्भावित कार्यसूचीमा एमसीसी परेन

काठमाडौं । प्रतिनिधिसभाको दशौं अधिवेशनको दोस्रो बैठक आज अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

आजको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भए पनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।

संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।

मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×