काठमाडौ - नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार १६ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह १२ः३० बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति कात्र्तिक १० गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको ४९ करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० मंसिर पाँच गते, २०८० माघ नौं गते, २०८१ बैशाख ११ गते र २०८१ कात्र्तिक छ गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका हुन । यही असोज २९ गते पनि राष्ट्र बैकले १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकको भनाई छ ।