राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। रास्वपा केन्द्रीय सदस्य दीपक बोहराका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा कसलाई मत दिनेलगायत समसामयिक विषयमा छलफल हुनेछ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्। 

कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। लामिछानेले पार्टीमा छलफल गरेर यसबारे आवश्यक निर्णय लिने बताएका थिए।

गत फागुन २ गते रास्वपाको केन्द्रीय समिति विस्तार गरिएको थियो। २४ जनाको केन्द्रीय समितिमा १६ जना सदस्य थपिएको थियो। केन्द्रीय समिति विस्तार भएपछि पहिलो पटक बैठक बस्न लागेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×