काठमाडौँ - गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ। उनीले सामाजिक सञ्चाल मार्फत आफू दुर्घटनामा परेको जानकारी दिएका हुन्।
उनी तुलसीपुरस्थित दाङमा हुने कार्यक्रममा सहभागी हुन जाँदा आयोजकले चलाएको कार दुर्घटनामा परेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘हामी चढेको कार रोडको पर्खालमा बज्रिएछ। मेरो होश त्यही गुम्यो। अरू नै कोहीले नजिकको अस्पतालमा पुर्याउनु भएको रहेछ। झन्डै मेरो ४५ मिनेटपछि होश खुल्यो। गाडीको एयरब्याग र सिट बेल्टले मेरो ज्यान जोगाएको रहेछ।'
उनले आफू राति ४ बजेमात्रै अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आइपुगेको बताए। उनले थप भनेका छन्, 'काठमाडौं आएपछि करिब ६ घण्टा अस्पतालमा चेक जाँच गर्दा सबै रिपोर्ट सामान्य आएको छ। बाहिरी चोट भएको कारण केही समय म घरमै बसेर आराम गर्नेछु।